एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजको प्रदर्शन – Nepal Press

एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजको प्रदर्शन

काठमाडौं । चर्चित एवम् विवादित एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाज नाम दिइएको एक समूहले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरमा भेला भएर उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन् ।

‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसीको स्वागतमा प्रदर्शन गरिरहँदा केही समूहले भने एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । एमसीसीको विरोधमा पाँच कम्युनिस्ट पार्टीसँगै एक मोर्चाले आज नेपाल बन्दको समेत आह्वान गरेको छ ।

एमसीसीका बारेमा सत्ताघटक दलकै मत बाझिएको छ । आजको संसदमा एमसीसी टेलब हुने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर