एम्बुलेन्समा आगजनी, जिम्मा कसैले लिएन – Nepal Press

एम्बुलेन्समा आगजनी, जिम्मा कसैले लिएन

रूपन्देही । गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका वडा नं ४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले जानकारी दिएका छन् ।

वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।

आज पाँच कम्युनिस्ट पार्टी र एउटा मोर्चाले एमसीसीका विरुद्ध नेपाल बन्दको आह्वान गरेको छ । तर आगजनीको जिम्मा कसैले लिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर