माओवादी संसदीय दलको बैठक दुई घण्टा सर्यो, १० बजे बस्ने – Nepal Press

माओवादी संसदीय दलको बैठक दुई घण्टा सर्यो, १० बजे बस्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रले अहिले ८ बजेका लागि बोलाएको बैठक दुई घण्टा पर सारेको छ । बैठक १० बजे बस्दैछ । आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच संसद बैठक बस्नुअघि माओवादीको संसदीय दलको बैठक बस्न लागेको हो । आन्तरिक तयारीका लागि बैठक सारिएको माओवादीले जनाएको छ ।

बैठकमा एमसीसीबारे माओवादीले निर्णय लिने सम्भावना छ । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।

संसद बैठक १ बजे बस्दैछ । संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । हिजो प्रधानमन्त्री र कानूनमन्त्री लगायतले आज एमसीसी टेबुल गर्ने बताएका थिए ।

संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । र उक्त समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था समितिले संसदको कार्यसूचीमा एमसीसी पनि राख्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर