राप्रपाले भन्यो- महाअभियोगको खेलमा समावेश हुँदैनौं – Nepal Press

राप्रपाले भन्यो- महाअभियोगको खेलमा समावेश हुँदैनौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावलाई साथ नदिने भएको छ । यो महाअभियोगले न्याय क्षेत्रमा रहेको हालको विकृति र विसंगतिको समाधान नदिने राप्रपाको ठहर छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारीको बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महाअभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाj, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम र त्यसकै निरन्तरताको रुपमा रहेको छ । अदालतको मर्यादा विपरीत न्यायाधीशहरुले इतिहासमै पहिलोपटक हडताल गर्ने, कानुन व्यवसायीले निरन्तर आन्दोलन गर्ने, राजनीतिक दलले न्यायालयलाई दबाब र प्रभावमा पार्ने अवस्थाले न्यायालयलाई कमजोर बनाइरहेको छ, यो चिन्ताजनक स्थिति हो ।’

यसको मुल दोष प्रणालीमा रहेको र प्रणालीमा आमूल सुधार नभएसम्म यस्तो अवस्था आइरहने राप्रपाले जनाएको छ ।

‘राप्रपा महाअभियोगको खेलमा समावेश हुने छैन,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर