राप्रपाका महिला र विद्यार्थी संगठन राप्रपा नेपालमा समाहित – Nepal Press

राप्रपाका महिला र विद्यार्थी संगठन राप्रपा नेपालमा समाहित

काठमाडौं । राप्रपा निकट सिंगो राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ ।

राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय भएको संगठनका अध्यक्ष ममता राईले बताइन् ।

पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्न भएपश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरुलाई हेर्ने दृष्टिकोणमा फरक, नीतिमा क्रमिक विचलनको श्रृङ्खला बढ्दै गएको तथा पार्टी र संगठनको काममा अहोरात्र खट्ने कार्यकर्ताहरुलाई बेवास्ता गरिएको भन्दै संगठनले राप्रपा परित्याग गरेको बताइएको छ ।

यस्तै राप्रपाको अर्को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पनि राप्रपा नेपालमा समाहित भएको छ । कार्यवाहक अध्यक्ष शशी भण्डारीले राप्रविसं कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको जानकारी गराए ।

जिल्ला समिति, क्याम्पस इकाइ समितिहरु समेत क्रमिक रुपमा राप्रपा नेपालमा समाहित हुने राप्रविसंमा महासचिव जनक फडेराले बताए ।

यसअघि राप्रपाको भातृ संगठन पूर्व प्रहरी परिषद पनि कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालमा समाहित भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर