विमानस्थलमा प्रिन्टेड टिकट अनिवार्य गरिएको छैन, नयाँ व्यवस्था के हाे ? – Nepal Press

विमानस्थलमा प्रिन्टेड टिकट अनिवार्य गरिएको छैन, नयाँ व्यवस्था के हाे ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने यात्रुहरुले हवाई टिकट प्रिन्ट गरेरै बोक्नुपर्ने नियम लागू नभएको जनाएको छ ।

सामाजिक सञ्जालमा हवाई टिकट प्रिन्ट गरेरै बोक्नुपर्ने नियम आएको भन्दै आलोचना भएपछि विमानस्थल कार्यालयले अनिवार्य नगरिएको जनाएको हाे ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले टिकट प्रिन्ट गरेर ल्याउनुपर्ने अनिवार्य नगरिएकाे उल्लेख गर्दै पीएनआरका आधारमा मात्रै प्रवेश राेकिएकाे बताए ।

उनले मोबाइलमै टिकट देखाएपनि हुने तर प्रिन्ट गरेर ल्याउनुपर्ने अनिवार्य बाध्यता भने नभएकाे बताए ।

यसअघि पीएनआरका आधारमा मात्रै प्रवेश दिँदा अनधिकृत व्यक्तिहरु आउने गरेको गुनासो आएपछि त्यो मात्रै रोकिएको उनले बताए ।

आजबाट यात्रुहरूले प्रिन्टेड वा डिजिटल टिकट देखाएपछि मात्रै टर्मिनलभित्र बोर्डिङ पास लिने स्थलमा प्रवेश पाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर