६८० संक्रमित थपिँदा १८ सय जना निको, थप दुईजनाको मृत्यु – Nepal Press

६८० संक्रमित थपिँदा १८ सय जना निको, थप दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ६८० जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ७०९५ नमुना (४२५६ पीसीआर र २८३९ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

सोही अवधिमा थप २ जनाको मृत्यु भएको छ । १८३५ जना निको भएका छन् । मुलुकभर सक्रिय संक्रमित संख्या १९ हजार ४०० छ ।

मंगलबार ४३ हजार ८८१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

काठमाडौंमा १७० जना, कास्कीमा २८, ललितपुरमा २४, भक्तपुरमा १५, मोरङमा २६, झापामा २२ जना संक्रमित भेटिएका छन् ।

१० जिल्लामा सक्रिय संक्रमण संख्या ५०० भन्दा माथि छ । सात जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । मनाङमा संक्रमण संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

देशभरको औषत संक्रमण दर १८.२ प्रतिशत छ । राजधानी काठमाडौंपछि सबैभन्दा धेरै संक्रमण दर कास्की जिल्लामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर