अमेरिकाले युक्रेनस्थित दूतावास बन्द गर्‍यो, तनावबीच जर्मन चान्सलर पुटिनलाई भेट्न मस्कोमा – Nepal Press

अमेरिकाले युक्रेनस्थित दूतावास बन्द गर्‍यो, तनावबीच जर्मन चान्सलर पुटिनलाई भेट्न मस्कोमा

किभ । जारी तनावलाई मत्थर बनाउन युक्रेन सीमामा रहेका रुसी सेनाहरु आफ्नो ब्यारेकमा फर्किन थालेका छन् । अलजजिराका अनुसार रुसी सेनाको केही टुकडी फर्कन लागेका हुन् ।

जर्मन चान्सलर ओल्फ स्कोल्ज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मंगलबार मस्को पुगेका छन् । उनको उद्देश्य जारी तनावलाई कम गर्न दवाव दिनु हो ।

जर्मनीले युक्रेनी सीमाक्षेत्रबाट सैनिकलाई फिर्ता बोलाएर शान्तिपूर्ण कूटनीतिको माध्यमबाट अघि बढ्न आग्रह गरेको छ ।

संवादका लागि खुला रहेको तर युक्रेनमाथि हमला भए प्रतिबन्ध लगाउने पश्चिमको सन्देश लिएर चान्सलर मस्को पुगेको बुझिएको छ । रुसी रक्षा मन्त्रालयलाई उध्दृत गर्दै इन्टरफ्याक्स न्यूज एजेन्सीले जनाएअनुसार युक्रेन सीमावर्ती क्षेत्रबाट केही रुसी सैनिक बेसमा फर्कन थालेका छन् ।

रुसको दक्षिणमा पर्ने सैन्य जिल्लाले क्रिमियाबाट आफ्ना सेनाहरु फिर्ता गर्न लागेको जनाएको छ ।

अमेरिकी रक्षामन्त्री लियोड अस्टिन नेटो गठबन्धनका सदस्यहरुलाई भेट्न आज बेल्जियम भ्रमणमा जाँदैछन् । अमेरिकाले किभस्थित दूतावासलाई बन्द गर्ने निर्णय गरेको छ भने कर्मचारीलाई पोल्यान्ड सीमाक्षेत्रमा पठाउने तयारी थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर