‘सडक संसद’ मा पनि एमाले अवरोध, नारा लाग्यो-हत्यारा सभामुख राजीनामा दे (तस्बिरहरू) – Nepal Press

‘सडक संसद’ मा पनि एमाले अवरोध, नारा लाग्यो-हत्यारा सभामुख राजीनामा दे (तस्बिरहरू)

काठमाडौं । प्रतिनिसधासभाको बैठकको जनाउ घण्टी बज्छ । अनि बज्छ राष्ट्रिय धुन । त्यो सकिएपछि ‘सभामुख’ सभा सुचारु गर्ने प्रयास गर्छन् । विरोधमा ‘सांसद’हरू जर्‍याक-जुरुक उठ्छन् । अनि, नाराबाजी सुरु गर्छन् ।

साँच्चैको प्रतिनिसधसभाको दृश्य नभइ यो एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको सांकेतिक विरोधस्वरूप व्यंग्यात्मक ‘सडक संसद’ को दृश्य हो ।

बानेश्वरस्थित संसद भवनअघि सधैँजसो विरोध प्रदर्शन भइरहने सडकमा मंगलबार नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले सञ्चालन गरेको ‘सडक संसद’ पनि अवरुद्ध भयो ।

आफ्नो दल विभाजनको सहयोगी बनेको भन्दै एमालेले साँच्चैको प्रतिनिधिसभाको बैठक पनि लामो समयदेखि अवरोध गरिरहेको छ ।

सडक संसदमा पनि साँच्चैको संसदमा झैं लागेजस्तै नारा लागे-‘गैर सांसदलाई संसदमा निषेध गर । पार्टी फुटाउने षड्यन्त्र निषेध गर । संवैधानिक सर्वोच्चता कायम गर ।’

र, थप नयाँ नारा पनि सडक संसदमा लाग्यो-‘संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे । हत्यारा सभामुख राजीनामा दे ।’

प्रतिनिधिसभाको बैठकमा भने एमालेले सभामुखको राजीनामा र हत्यारा भनेर नारा भने लगाएको सुन्न पाइएको छैन ।

तस्बिरमा हेरौं सडक संसदः

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर