कर्णाली सरकारले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने – Nepal Press

कर्णाली सरकारले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने

सुर्खेत । कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले कर्णाली प्रदेश सरकारले स्थापना दिवस औपचारिक रुपमा नमनाउने भएको छ ।

विगत वर्षहरुमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने गरिएकोमा यो वर्ष दिप प्रज्वलन मात्रै गरिने मुख्यमन्त्री जीवनबहादुर शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले बताए ।

उनले भने, ‘औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ । कोभिडको जोखिम कायमै रहेका कारण पनि औपचारिक कार्यक्रम नगरिएको हो । कार्यालयहरुमा आज साँझ र भोली साँझ दिप प्रज्ववलन गर्ने कार्यक्रम रहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर