संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज – Nepal Press

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी सोमबार पाटनस्थित निवासमा फर्किएको उनका भान्जा अजर जोशीले जानकारी दिए ।

निमोनिया लगायतका समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । २५ माघमा अस्तपाल भर्ना भएका जोशी एकसताको उपचारपघि घर फर्किएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर