यसकारण केटीहरु सेक्सदेखि पर भाग्छन् – Nepal Press

यसकारण केटीहरु सेक्सदेखि पर भाग्छन्

अक्सर सिनेमामा देखाइन्छ कि जब पति रोमान्टिक मुडमा हुन्छ र श्रीमतीको अगाडि आफ्नो प्रेम व्यक्त गर्छ । तब श्रीमती भन्छिन्– नगर्नुहोस् न अरुले देख्छन् । तर महिलाको मनमा पनि प्रेम भने उतिकै हुन्छ यद्यपी महिलाहरु व्यक्त गर्न भने हिच्किच्यउँछन् । केटीहरू प्रेमको स्पर्श महसुस गर्न चाहन्छन्, तर बोल्न भने सक्दैनन् ।

दिल्लीकी क्लिनिकल साइकोलोजिस्ट डा. प्रज्ञा मलिक बताउँछिन् ‘ न्यूरोलोजिकल, बायोलोजिकल, मनोवैज्ञानिक र सामाजिक कारणले गर्दा केटीहरू यस्तो भ्रममा रहने गरेका छन् । महिलाहरुलाई बाल्यकालदेखि नै दिमागमा यस्ता नैतिक मूल्यहरू बसेको हुन्छ । यसकारण पनि उनीहरूलाई सेक्स शब्द नै फोहोरी लाग्छ ।’

जबसम्म केटीको विवाह हुँदैन तबसम्म उनी आफ्नो कुमारीत्व गुमाउन चाहँदिनन् । तर पनि हाम्रो समाजमा यौन गोप्य रुपमा चलिरहेको हुन्छ । छोरीहरू धेरैजसो भान्सामा खाना कसरी पकाउने भन्दै हुर्किन्छन् र त्यसपछि विवाह हुन्छ ।

समाजमा महिलाहरुलाई नैतिक मूल्यको पाठ सिकाइन्छ । सेक्सको बारेमा कुरा गर्न टाढै राखिन्छ । यसकारण पनि आफ्नो भावना व्यक्त गर्न चाहेर पनि पहल गर्न सक्दैनन् ।

वैवाहिक सम्बन्धमा यौन सम्बन्ध कायम राख्नु महिलाको लागि ठूलो चुनौती हुनेछ । आफ्नो शारीरिक आवश्यकता हो भनेर थाहा हुदाँ पनि उनी खुलेर बोल्न सक्दिनन् । ‘श्रीमानले के सोच्ने’ होला भन्ने भ्रम महिलाहरुमा हुन्छ ।

जुन केटिहरुमा लाज, आत्मसम्मान र आत्मविश्वासको कमी हुन्छ तिनीहरु बोल्न डराउँछन् । दोस्रो, डिप्रेसन र एन्जाइटीबाट पीडित महिलाहरू पनि रोमान्टिक सम्बन्धहरूबाट टाढै रहन्छन्, किनभने उनीहरूलाई डर हुन्छ कि यदि उनीहरूको पार्टनरले उनीहरूको सत्यता थाहा पाए भने सम्बन्ध समाप्त हुन्छ ।

डा. प्रज्ञा भन्छिन्, केटाहरुमा जोखिम लिने बानी बढी हुन्छ र केटीहरुमा कम हुन्छ । त्यसकारण पुरुषहरु यौन सम्बन्ध राख्न पहल गर्न डराउदैनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर