सुनको मूल्य तोलामा १२०० ले वृद्धि – Nepal Press

सुनको मूल्य तोलामा १२०० ले वृद्धि

काठमाडौैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेर ९६ हजार ७०० पुगेको छ ।

फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९५ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर