सभामुखलाई प्रधानमन्त्रीको फोन- कार्यव्यवस्था बोलाउनुस्, बुधबार संसद चल्नुपर्छ – Nepal Press

सभामुखलाई प्रधानमन्त्रीको फोन- कार्यव्यवस्था बोलाउनुस्, बुधबार संसद चल्नुपर्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक बस्ने वातावरण बनाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।

कांग्रेस संसदीय दलको जारी बैठककै बीच प्रधानमन्त्री देउवाले सापकोटालाई फोन गरेर बुधबार संसद बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले बुधबारको बैठक बस्ने वा नबस्नेबारे निधो खोजेपछि प्रधानमन्त्री देउवाले सभामुखसँग संवाद गरेका हुन् ।

प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपनि संसद बैठक सञ्चालन गर्नुपर्ने पक्षमा रहेको छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर