टरिगाउँ विमानस्थल विस्तार गर्न ‘एक रुपैयाँ अभियान’, कोमल वलीले दिइन् पाँच सय – Nepal Press

टरिगाउँ विमानस्थल विस्तार गर्न ‘एक रुपैयाँ अभियान’, कोमल वलीले दिइन् पाँच सय

दाङ । दाङको टरिगाउँ एरपोर्ट विस्तारका लागि ‘एक रुपैयाँ संकलन अभियान’ सुरु गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले टरिगाउँ विमानस्थलको स्तरबृद्धिका लागि खुत्रुके अभियान स्वरुप ‘एक रुपैयाँ संकलन अभियान’ सुरु गरेको हो ।

सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले दबाब दिन अभियानको सुरुवात गरेको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।

टरिगाउ विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक कदम चाल्न प्रदेश र केन्द्र सरकारसँग आग्रह गरिएको छ । अध्यक्ष चालिसेले ५१ हजारको चेक हस्तान्तरण गरेर आफैले अभियानको सुरुवातसमेत गरे ।

अभियानमा सहयोग गर्न राष्ट्रिय वाणिज्य बैंकमा ‘तुलसीपुर उद्योग बाणिज्य संघ एयरपोर्ट’ खाता नम्बर ४१६०१०००००००७००६मा रकम जम्मा गर्न सकिने उनले बताए ।

यहाँ अहिले नेपाल एरलाइन्सको जहाजले हप्तामा पाँच दिन उडान भर्दै आएको छ । संघको एक रुपैयाँ अभियानमा राष्ट्रियसभा सदस्य कोमल वलीले ५ सय रुपैयाँ सहयोग गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर