एमालेबिनाको बैठकमा संसद खुलाउन पहल गर्ने निर्णय, एमसीसी पेश गर्ने एजेण्डा छलफलमै – Nepal Press

एमालेबिनाको बैठकमा संसद खुलाउन पहल गर्ने निर्णय, एमसीसी पेश गर्ने एजेण्डा छलफलमै

काठमाडौं । निरन्तर अवरोध संसदलाई सुचारु गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहमति भएको छ ।

सिंहदरबारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी एमाले भने सहभागि भएन ।

बैठकबारे जानकारी गराउँदै सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति बनेको बताए । ‘आजको बैठकबाट संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति भएको छ,’ उनले भने, ‘आज कुनै निष्कर्षमा पुगैनौं तर आगामी दिनमा पहल गर्नका लागि सबैलाई उर्जा दिएको छ। सदन सुचारु गर्नका लागि पहल गर्ने बारे मह्वपूर्ण रुपमा छलफल भएको छ ।’

अमेरिकी सहायता परियोजना एमसीसीबारे भने कुनै टुंगोमा नपुगिएको बैठकमा सहभागि एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । उनले भने, ‘एमसीसीबारे थप कार्यव्यवस्थामा छलफल गर्ने सहमति भएको छ। अहिले एमसीसी टेबुल हुने नहुनेबारे टुंगो भएको छैन् । यो छलफलकै क्रममा छ ।’

सभामुख सापकोटाले पनि एमसीसीबारे कुनै टुंगोमा नपुगिएको बताए । सदन सुचारु हुनुपर्छ भन्ने मात्रै आफ्नो राय रहेको र एमसीसीबारे दलहरु नै निर्णायक हुने सापकोटाको भनाइ छ। ‘उहाँहरुले एमसीसीबारे आआफ्नो धारणा राख्नु भएको छ,’ उनले भने, ‘म खुल्ला छु । मैले सबैका कुरा गम्भीरतापूवर्क सुनेको छु ।’

उनले थपे, ‘सभामुखको हैसियतले मैले निस्पक्षरुपमा भूमिका निभानुपर्छ भन्नेमा म सचेत छु । मैले विशेष रुपमा जोड दिएको कुरा सदन सुचारु हुनुपर्छ भन्ने हो । यसमा निर्णायक भूमिका दलकै हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर