भ्यालेन्टाइन डेः सिंगललाई फेसबुकभरि ट्रोल ! – Nepal Press

भ्यालेन्टाइन डेः सिंगललाई फेसबुकभरि ट्रोल !

काठमाडौं । प्रेममा परेका जोडीहरका लागि प्रतीक्षाको दिन हो, १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । प्रेमी-प्रेमीकाहरूले यस दिनलाइ खुलेर प्रेम साटासाट गर्ने अवसरका रूपमा उपयोग गर्ने गर्छन् ।

भनिन्छ, यो संसार प्रेममा नै अडिएको छ । कोही पनि मानिस प्रेमविहीन बाँच्न सक्दैन । हरकोहीका लागि मीठो र यादगार अनुभूति हो प्रेम । आफ्नो परिवार, आफन्त, साथीभाइहरूबीचको सम्बन्ध प्रेममै अडिएको हुन्छ ।

भ्यालेन्टाइन्स डे चाहिँ विपरीतलिंगीहरूबीचको प्रेमलाई प्रष्फुटन गर्ने दिन हो । सामाजिक सञ्जालमा भ्यालेन्टाइन विशेष टाइमलाइनहरू देख्दा लाग्छ सरकारले आज सार्वजनिक बिदा नदिएर ठूलो गल्ती गरिरहेको छ । ट्वीटरमा हयासट्याग ‘भ्यालेन्टाइन डे २०२२’ ट्रेण्डिङ्गमा नै परेको छ ।

उमेरले किशोरावस्थामा प्रवेश गरेसँगै प्रेमका भावनाहरू उब्जिन थाल्छन् । तर, सबैले चाहेको जोडी भेट्दैनन् । भेटिएकाहरू विभिन्न कारणले छुट्टिन्छन् । जो प्रेममा छैनन्, अविवाहित छन्- उनीहरूलाई ‘सिंगल’ भन्ने गरिन्छ । सिंगल हुनुका आफ्ना दु:ख छन् । खासगरी, भ्यालेन्टाइन डेमा प्रेम जोडी नभएका युवायुवतीहरू निकै खिन्न देखिन्छन् । अरु जोडीहरूको प्रेम देखेर उनीहरूमा एकप्रकारको नैराश्यताले पनि डेरा जमाउँछ ।

यस्ता सिंगलहरूलाई सामाजिक सञ्जालमा पनि निकै ट्रोल गर्ने गरिएको छ । जब भ्यालेन्टाइन डे नजिकिन्छ, प्रेम जोडी नभेटेकाहरूलाई लक्षित गर्दै अनेक ट्रोलहरू भाइरल भइरहेका हुन्छन् । कतिपय ट्रोलले पेट मिचिमिचि हँसाउँछन् । मायामा नपरेका, ब्रेकअप भएकाहरूका लागि फेसबुक, ट्वीटर, टिकटकलगायत सामाजिक सञ्जालमा एक हप्ताअघि देखि नै विभिन्न ट्रोल आइरहेका छन् ।

फेसबुकमा एउटा पोष्ट भाइरल भएको छ, जसमा लेखिएको छ- ‘सिंगलहरूका लागि चियापान तथा रुवाबासी कार्यक्रम । जसको कोही छैन, तीनका लागि हामी छौं’ भनेर लेखिएको उक्त पोष्टलाई धेरैले रमाइलो मानेर सेयर गरेका छन् । त्यसमा केयू क्याफेको मेन्यू दिइएको छ ।

ट्रोल पोखरामा स्टाटस लेखिएको छ- चकलेटको आशा थियो, बिहेको सुपारी दिएर गई ।

हेर्नुस् सामाजिक सञ्जालबाट लिइएका केही ट्रोल र रमाइला स्टाटसः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर