टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो बलर बने सन्दीप – Nepal Press

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो बलर बने सन्दीप

काठमाडौं । सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका छन् ।

ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा आयरल्यान्डविरुद्ध भिडिरहेको नेपालका लागि सन्दीपले १८ औँ ओभरमा विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । यो खेलमा उनको यो चौथो ओभर थियो ।

उनले २९ खेलमा यो सफलता हात पारेका हुन् ।

शृंखलाअन्तर्गत अघिल्ला दुवै खेलमा सन्दीपले एक-एक विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर