दीपेन्द्रको करिअर बेस्ट बलिङ, २१ रन खर्चिएर लिए ४ विकेट – Nepal Press

दीपेन्द्रको करिअर बेस्ट बलिङ, २१ रन खर्चिएर लिए ४ विकेट

काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई दबाबमा राखेको छ ।

टस जितेर आयरल्यान्डलाई ब्याटिङ गर्ने जिम्मा दिएको नेपालका लागि ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरेका हुन् ।

दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । दीपेन्द्रले १२ औँ ओभरमा दुई विकेट लिएका थिए । त्यसअघि मिडियम पेस बलरले नेपाललाई बलियो सुरुवात दिलाएका थिए ।

मिडियम पेस बलरहरु जितेन्द्र मुखिया, अविनाश बोहरा र कमलसिंह ऐरीले एक एक विकेट लिएका हुन् ।

कमल सिंह ऐरीले पहिलो ओभरको चौथो बलमा अनुभवी पल स्टर्लिङलाई बोल्ड आउट गरेका थिए । चौथो ओभरमा जितेन्द्रले विकेट लिए भने पाचौँ ओभरको पाचौँ बलमा अविनाशले आईरिस कप्तान एन्डी बालबिर्नीलाई आउट गरे ।

नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । अघिल्ला दुई खेलमा पनि टस जितेका नेपालका कप्तान सन्दीप लामिछानेले दुवैमा पहिला बलिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार यूएईसँग २५ रनले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर