सोमबार थप ८ जना संक्रमितको मृत्यु, ७४७ संक्रमण पुष्टि – Nepal Press

सोमबार थप ८ जना संक्रमितको मृत्यु, ७४७ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ७४७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६२७९ पीसीआर र २४१७ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ८ जना कोभिड संक्रमणले मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या २० हजार ७३९ पुगेको छ ।

आजको दैनिक संक्रमण दर ८.५९ प्रतिशत छ । पछिल्लो २४ घण्टामा २३१९ जना निको भएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, सुनसरी, धनुषा, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । मनाङमा संक्रमण शून्य छ ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी १८१ जना संक्रमित पुष्टि भएका छन् । ललितपुरमा ३०, कास्कीमा २१, झापामा २५, मोरङमा २१ संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख १६ हजार १८१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आजसम्मको कूल संक्रमित हुने संख्या ११ लाख ११ हजार २१८ छ । कूल निको हुने संख्या ९ लाख ४० हजार ९०२ छ । कूल मृत्यु हुने संख्या ११ हजार ९०० नाघेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर