दीपेन्द्रको घातक बलिङ, आयरल्यान्डको ६८ रनमा ६ विकेट – Nepal Press

दीपेन्द्रको घातक बलिङ, आयरल्यान्डको ६८ रनमा ६ विकेट

काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई दबाबमा राखेको छ ।

टस जितेर आयरल्यान्डलाई ब्याटिङ गर्ने जिम्मा दिएको नेपालका लागि ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरेका हुन् ।
आयरल्यान्डले १२ ओभरमा ६ विकेट गुमाएर ६८ रन जोडेको छ । दीपेन्द्रले १२ औँ ओभरमा दुई विकेट लिएका हुन् । उनले २ ओभरमा ७ रन मात्र खर्चिएका छन् । त्यसअघि मिडियम पेस बलरले नेपाललाई बलियो सुरूआत दिलाएका थिए ।

मिडियम पेस बलरहरू जितेन्द्र मुखिया, अविनाश बोहरा र कमलसिंह ऐरीले एक एक विकेट लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर