नेपाली मिडियम बलरसामू माथिल्लोक्रमका आईरिस ब्याट्सम्यान निरीह – Nepal Press

नेपाली मिडियम बलरसामू माथिल्लोक्रमका आईरिस ब्याट्सम्यान निरीह

काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा पहिला बलिङ गरिरहेको नेपालले आयरल्यान्डविरुद्ध दबाबपूर्ण प्रदर्शन गरेको छ।

आयरल्यान्डले पाँच ओभरमा ३ विकेट गुमाएर ३१ रन जोडेको छ। नेपालका मिडियम पेस बलरहरु जितेन्द्र मुखिया, अविनाश बोहरा र कमलसिंह ऐरीले एक एक विकेट लिएका हुन् ।

कमल सिंह ऐरीले पहिलो ओभरको चौथो बलमा अनुभवी पल स्टर्लिङलाई बोल्ड आउट गरेका थिए । चौथो ओभरमा जितेन्द्रले विकेट लिए भने पाचौँ ओभरको पाचौँ बलमा अविनाशले आईरिस कप्तान एन्डी बालबिर्नीलाई आउट गरे ।

नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो। अघिल्ला दुई खेलमा पनि टस जितेका नेपालका कप्तान सन्दीप लामिछानेले दुवैमा पहिला बलिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार यूएईसँग २५ रनले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर