चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार – Nepal Press

चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । मेगा बैंकले बैंकिङ सेवा नपुगेका चार वटा जिल्लाका ५ स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

मेगा बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका ३ मा रोशन खड्का, सिन्धुलीको गोलञ्जोर गाउँपालिका ५ मा कुमार श्रेष्ठ, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा महेन्द्र घिमिरे, कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका वडा नम्बर २ बाङकामा जानकी रावतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत बैंकले नियुक्त गरेका व्यवसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था रहेको छ ।

मेगा बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ्ग सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण माध्यमको रुपमा रही आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर