पहिलो ओभरमै नेपाललाई विकेट, अनुभवी स्टर्लिङ आउट – Nepal Press

पहिलो ओभरमै नेपाललाई विकेट, अनुभवी स्टर्लिङ आउट

काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा पहिला बलिङ गरिरहेको नेपालले आयरल्यान्डविरुद्ध पहिलो ओभरमै सफलता हात पारेको छ ।

कमल सिंह ऐरीले पहिलो ओभरको चौथो बलमा अनुभवी पल स्टर्लिङलाई बोल्ड आउट गरेका हुन् ।

आयरल्यान्डले एक ओभरमा एक विकेट गुमाएर ३ रन जोड‍ेको छ। नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । अघिल्ला दुई खेलमा पनि टस जितेका नेपालका कप्तान सन्दीप लामिछानेले दुवैमा पहिला बलिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार यूएईसँग २५ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपाली बलरहरु जम्न सकेका थिएनन् ।

आयरल्यान्डविरुद्ध एक विकेट लिए सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली बलर बन्नेछन्।
पहिलो रोजाईका भुर्तेल र मल्ल टोलीमा फर्किएका छन् ।

अघिल्ला दुवै खेलमा उनिहरुलाई आराम दिइएको थियो । टी-२० विश्वकपको विश्वस्तरको छनोटअघि बलियो टोलीविरुद्ध हुन लागेको यो टोलीलाई नै पहिलो रोजाईका रुपमा हेरिएको हुन सक्छ । यूएईविरुद्ध ३३ रन बनाएका लोकेशले विश्वकप छनोटमा रोजाईमा पर्न सक्ने कंकेत देखिएको छ । मिडियम पेशर करन केसी पहिलो रोजाईको मानिएपनि उनलाई यो शृंखलाका सबै खेलमा आराम दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर