नेप्से : १०१ अंकले घटेको भोलिपल्ट स्थिर – Nepal Press

नेप्से : १०१ अंकले घटेको भोलिपल्ट स्थिर

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार स्थिर रहेको छ । साताको पहिलो दिन गत आइतबार १ सय अंकले सेयर बजार घटेको थियो । ०.०८ अंकले बजार बढ्दा नेप्से परिसूचक २७००.९८ अंकमा पुगेको छ ।

२ सय २७ वटा कम्पनीको ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय रुपैयाँको सेयर कारोबार भएको छ भने कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर खरिदबिक्री भएको हो ।

सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको सेयर मूल्य वृद्धि भएको छ । आज सो कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले वृद्धि भएको हो ।

सबैभन्दा धेरै कारोबार भने नेशनल हाइड्रो पावर कम्पनीको भएको छ । सो कम्पनीको आज ५४ करोड ९१ लख ९३ हजार २ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर