काउन्टर महाअभियोगबारे ओलीले भने- परिस्थिति नियाल्दै छौं, आवेग र प्रतिशोधमा निर्णय गर्दैनौं – Nepal Press

काउन्टर महाअभियोगबारे ओलीले भने- परिस्थिति नियाल्दै छौं, आवेग र प्रतिशोधमा निर्णय गर्दैनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल अरु न्यायाधीशलाई काउन्टर महाअभियोग ल्याउने सोच नरहेको संकेत गरेका छन् । परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै ओलीले कुनै पनि बेला जुनसुकै कदम चालिने प्रष्ट पारेका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कुनै पनि आवेग, उत्तेजना र प्रतिशोधका आधारमा निर्णय नगर्ने बताए । सरकार, सत्ता गठबन्धन र अदालतको नेतृत्व कसरी जान्छन् त्यस आधारमा कदम चालिने ओलीले बताएका छन् ।

बैठकमा अध्यक्ष ओलीले सुविचारित ढंगले एमालेले सडक, सदन र कानूनी तीनै मोर्चाको लडाइँ लड्ने बताएको सांसद यज्ञराज सुनुवारले जानकारी दिए ।

ओलीको भनाइ थियो, ‘हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं । चुनाव हुन नदिने ढंगले यो महाअभियोग आएको आशंका छ । उनीहरू कसरी आउँछन् हामी हेर्दैछौं, नेतृत्वलाई विश्वास गर्नुस् हामी तत्कालीन परिस्थिति हेरेर निर्णय गर्छौं । आवेग र प्रतिशोधमा होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर