तीनै तहमा कार्यरत कर्मचारीका लागि सेवाकालीन तालिम सञ्चालन हुँदै – Nepal Press

तीनै तहमा कार्यरत कर्मचारीका लागि सेवाकालीन तालिम सञ्चालन हुँदै

काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई ३५ दिने क्षमता विकास सम्बन्धि तालिम सञ्चालन गर्ने भएको छ ।

संघमा कार्यरत निजामती सेवाका सुब्बा र खरिदार सरहका कर्मचारी र प्रदेश तथा स्थानीय तहमा कार्यरत चौथो र पाँचौ तहका कर्मचारीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले तालिम सञ्चालन गर्न लागेको हो ।

प्रतिष्ठानको इच्छुक स्थायी कर्मचारीलाई सहभागिताका लागि मनोनयन फाराम भर्न आग्रह गरेको प्रतिष्ठानका उपनिर्देशक हरिकृष्ण कोइरालाले जानकारी दिए ।

उनका अनुसार अहिले बहाल रहेको पदको नियुक्ति र पदस्थापन पत्रको प्रतिलिपी एवम् सम्बन्धित कार्यालयको सिफारिस पत्र समेत संलग्न राखि एक साता भित्र प्रतिष्ठानमा आइपग्ने गरी प्रतिष्ठानको इमेल ठेगानामा मनोनयन दर्ता गराइसक्नुपर्नेछ ।

छनोटमा परेका कर्मचारीको सेवाकालीन तालिम फागुन १५ गते देखि शुरु हुने जनाइएको छ ।

जेष्ठताको आधारमा सहभागी छनोट गरी प्रतिष्ठानको वेभसाइट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेवसाइटमा प्रकाशन गरिने प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर