नेपाल र साउदीबीच उच्चस्तरीय भ्रमण आदानप्रदानबारे छलफल – Nepal Press

नेपाल र साउदीबीच उच्चस्तरीय भ्रमण आदानप्रदानबारे छलफल

काठमाडौं । नेपाल र साउदी अरबले उच्चस्तरीय भ्रमण आदानप्रदानबारे छलफल गरेका छन् । परराष्ट्रमन्त्री डा नारायण खड्का र साउदी राजदूत मुसाइद अल मारवानीबीच भएको भेटवार्तामा उक्त छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्काको कार्यकक्षमा भएको भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध पक्षका साथै आपसीहित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

मार्च १५, १९७७ मा नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । साउदी नेपालको ठूलो मध्येको एक श्रमबजार समेत हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर