कोरोनाविरुद्धको खोप लगाउन अबदेखि आइडी कार्ड नचाहिने – Nepal Press

कोरोनाविरुद्धको खोप लगाउन अबदेखि आइडी कार्ड नचाहिने

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै आइडी कार्ड आवश्यक नपर्ने निर्णय गरेको हो ।

मुलुकका हजारौं नागरिकले आइडी कार्ड नहुँदा खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रबारको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

उनले भने, ‘आइडी कार्ड नभएपनि अब योग्य नागरिकले खोप लगाउन सक्नेछन् ।’ नागरिक, पासपोर्ट र मतदाता परिचय पत्र नहुँदा धेरै नागरिकलाई कोभिड संक्रमणम हुन सक्ने अवस्थालाई ख्याल गर्दै उक्त निर्णय भएको प्रवक्ता अधिकारीले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर