ड्रोन हमला हुँदा छर्रा लागेपछि साउदीमा नेपालीसहित १२ जना घाइते – Nepal Press

ड्रोन हमला हुँदा छर्रा लागेपछि साउदीमा नेपालीसहित १२ जना घाइते

रोयटर्स/रियाद । यमनको हुथी विद्रोहीविरुद्ध लड्न साउदी अरब नेतृत्वको सैनिक गठबन्धनअन्तर्गतको हवाइ प्रतिरक्षा टोलीले त्यहाँको आभा विमानस्थलमा राखेको विस्फोटक पदार्थ भरिएको ड्रोनको छर्रा लागेर एक नेपालीसहित १२ जना घाइते भएका छन् ।

उक्त घटनामा एक नेपालीसहित दुई साउदी नागरिक, बंगलादेश, भारत, फिलिपिन्स र श्रीलंकाली पनि घाइते भएको अल अरेविया टिभीलाई उध्दृत गर्दै रोयटर्सले जनाएको छ ।

उक्त टिभीमा प्रसारित विवरणमा जनाइएअनुसार साउदी नेतृत्वको सैनिक गठबन्धनले सर्वसाधारण बसोबास गर्ने क्षेत्रलाई ७२ घण्टाभित्र खाली गर्न समेत यमनी राजधानी सानामा बसेका हुथी विद्रोहीलाई चेतावनी समेत दिएको छ । उक्त क्षेत्रमा ड्रोन आक्रमण गर्ने साउदीको तयारी छ ।

तर, हुथी विद्रोहीका प्रवक्ता याहा सारियाले आफूहरुले आभा एयरपोर्टमा लक्षित गर्दै कासाफ २ ड्रोन हमला गरेको दावी गरेका छन् । त्यहाँको राज्य नियन्त्रित मिडियाका अनुसार उक्त ड्रोन घटनापछि आभा विमानस्थल सामान्य अवस्थामा फर्किएको छ ।

ड्रोन हमला गर्दा लागेको छर्राले विमानस्थल भवनका सिसाहरु पनि फुटेका छन् भने केही संरचनामा पनि क्षति पुगेको छ । साउदी नेतृत्वको गठबन्धन र हुथी विद्रोहीबीच सन् २०१५ देखि युद्ध चल्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर