सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु – Nepal Press

सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु

सिन्धुपाल्चोक । राहादानी विभागले पुरानो पासपोर्ट (राहादानी) लाई विस्थापित गर्दे ई–पासपोर्ट विद्युतीय राहादानी सेवाग्राहीहरुलाई दिने योजना अनुसार सिन्धुपाल्चोकबाट पनि यो सेवा सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्टका लागि आवेदन दिएकाहरुलाई औपचारिक रुपमा नै इ–पासपोर्ट दिन सुरु गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले भक्तपुरकी सीता रघुलाई इ–पासपोर्ट दिदै सिन्धुपाल्चोकबाट यो सेवाको शुभारम्भ गरेका थिए ।

अनलाइन फारम भरेको बढीमा १५ दिनमा ई–पासपोर्ट आइसक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताए । ई–पासपोर्ट बनेपछि सम्बन्धीत सेवाग्राहीको मोइबाइलामा नै म्यासेज आउने र म्यसेज आएपछि जिल्ला प्रशासन कार्यालयमा आएर राहादानी लिन सक्ने प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

राहादानी विभागले इ–पासपोर्ट को सुरुवात गरेपछि माघ ९ देखि सिन्धुपाल्चोकमा पनि अनलाइनबाट ई–पासपोर्टका लागि फारम भर्न सकिने ब्यवस्था गरिएको थियो । जिल्लामा हालसम्म अनलाइनबाट २८६ जना सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ जनाको इ–पासपोर्ट वितरणको क्रममा रहेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए । राहादानी विभागले मंसिर १ देखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।

सेवाग्राहीहरुले मोबाइलबाट पनि आवेदन दिन सक्नेछन् । ई–पासपोर्टका लागि अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा दुइ सयभन्दा बढीले अनलाइनबाट फारम भरेका जिल्ला प्रशासन कार्यालयले जमानकारी दिएको छ अनलाइनबाट भरिने ई–पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने हुन्छ । ई–पासपोर्ट ३४ पेजको हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *