कांग्रेस निकट कानून व्यवसायीलाई न्यायाधीश बनाउन पार्टीको लबिङ ! – Nepal Press

कांग्रेस निकट कानून व्यवसायीलाई न्यायाधीश बनाउन पार्टीको लबिङ !

कैलाली । कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृह जिल्लामा निकट कानून व्यवसायीलाई न्यायाधीश बनाउन पार्टीले लबिङ सुरु गरेको छ ।

माघ २८ र २९ गते बसेको जिल्ला कार्य समितिको बैठकले कांग्रेस निकट कानून व्यवसायी धिरेन्द्र साउँदलाई न्यायाधीश बनाउन पहल गर्ने निर्णय गरेको हो ।

दुई दिन सम्म बसेको बैठकले १५ वटा निर्णय गरेको छ । कांग्रेस निकट कानून व्यवसायी धिरेन्द्र साउँदलाई न्यायाधीश बनाउन पहल गर्ने त्यो मध्यको एउटा निर्णय हो । निर्णय नम्बर ९ मा भनिएको छ, ‘अधिवक्ता श्री धिरेन्द्र साउदलाई दार्चुलाबाट न्यायाधीशको लागि नेपाल सरकारलाई पार्टीको तर्फबाट आवश्यक पहल कदम गर्ने ।’

कार्य समितिको बैठकले नै न्यायाधीशको लागि लबिङमा परेका साउद कांग्रेस निकट कानून व्यवसायी संघका अध्यक्ष पनि हुन् ।

पार्टीले न्यायाधीशको लागि लबिङ गर्न थालेको भन्दै कतिपयले आलोचना समेत गरेका थिए । तर कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले भने उपयुक्त पात्रलाई पहल गरिएको बताए ।

‘२० वर्ष बढी भयो काम गरेको । पार्टीको तर्फबाट लबिङ गर्ने कुरा हो’ उनले सोधे, ‘दुर्गमबाट न्यायाधीशको लागि पहल गर्ने कुरा के नराम्रो भयो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर