कामु प्रधानन्यायाधीशले सत्ता गठबन्धनसँग सौदाबाजी गरेको सर्वोच्चका न्यायाधीशको आशंका – Nepal Press

कामु प्रधानन्यायाधीशले सत्ता गठबन्धनसँग सौदाबाजी गरेको सर्वोच्चका न्यायाधीशको आशंका

काठमाडौं । न्यायपालिका प्रमुखमाथि राजनीतिक प्रतिशोधका आधारमा महाअभियोग लगाइएको भन्दै सर्वोच्च अदालतका अधिकांश न्यायाधीश असन्तुष्ट बनेका छन् । महाअभियोगलगत्तै न्यायाधीशहरूबीचको अनौपचारिक छलफलमा सर्वोच्चकै केही न्यायाधीशले राजनीतिक हस्तक्षेप गराएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगमा लगाइएका आरोप पनि राजनीतिक प्रकृतिका रहेको र पुष्टी हुने खालका नरहेको भन्दै राजनीतिक उद्देश्यपूर्तिका लागि अदालत र एकाध वरिष्ठ न्यायाधीशहरूलाई प्रयोग गर्न खोजिएकोमा बहुसंख्यक न्यायाधीश चिन्तित बनेका हुन् ।

आइतबार साँझ नेपाल प्रेससँग सम्पर्कमा आएका एक न्यायाधीशले महाअभियोगको भाषा हेर्दा नै सांसदहरूले नभइ सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र बार आन्दोलनका केही अगुवा वकिलहरूले लेखेको प्रष्ट हुने बताए ।

उनले भने, ‘यो महाअभियोग आजै किन ल्याइयो भन्ने धेरै आशंकाहरू छन् । अदालतमा राजनीतिक हस्तक्षेप निम्त्याउन वरिष्ठतम न्यायाधीशहरू नै लाग्नुभयो । अब सत्तापक्षको हितका लागि कामु प्रधानन्यायाधीशले संवैधानिक इजलासहरू कम्फरटेबल बनाइदिने र प्रतिपक्षले काउन्टर महाअभियोग लगाउने टड्कारो अवस्था देखिन्छ । यसले न्यायपालिका चाहिँ समाप्त हुने भयो ।’

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगमा लगाइएका आरोप पनि राजनीतिक प्रकृतिका रहेको र पुष्टी हुने खालका नरहेको भन्दै राजनीतिक उद्देश्यपूर्तिका लागि अदालत र एकाध वरिष्ठ न्यायाधीशहरूलाई प्रयोग गर्न खोजिएकोमा बहुसंख्यक न्यायाधीश चिन्तित बनेका हुन् ।

सर्वोच्च अदालतमा पछिल्लो समय १९ मध्ये १३ न्यायाधीश हड्तालको विपक्षमा उभिएपछि दीपक कार्कीलगायतका न्यायाधीशहरू इजलास फर्किन बाध्य भएका थिए । कार्कीले जसरी पनि आफू कामु प्रधानन्यायाधीश बन्ने र त्यसपछि सत्तापक्षलाई सघाउने ढंगले सौदाबाजी गरेकाले महाअभियोग आएको आशंका अधिकांश न्यायाधीशहरूको छ ।

अर्का न्यायाधीशले भने, ‘चोलेन्द्र शमसेर गतिला हुन् भनेर हामीले भनेको होइन तर जुन राजनीतिक सौदाबाजी गरेर महाअभियोग ल्याउन लगाइयो यसले अदालत स्वतन्त्र रहने अवस्था छैन । निकट भविष्यमा अझ विद्रुप दृष्यहरु दोहोरिने र बाहिरै भएका निर्णय संवैधानिक इजलासबाट मोहर लाग्ने खतरा देखिएको छ ।’

केही बाहेक सर्वोच्चका बहुसंख्यक न्यायाधीशहरूले महाअभियोगप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।


प्रतिक्रिया

One thought on “कामु प्रधानन्यायाधीशले सत्ता गठबन्धनसँग सौदाबाजी गरेको सर्वोच्चका न्यायाधीशको आशंका

  1. दलाल न्यायाधिश प्रधानन्यायाधिश भएमा मुद्दा आफूले भने अनुसार फैसला गराउन सकिन्छ भनेर बारका दलालहरूले आन्दाेलन गरेका हुन् । यी दलाल हुन् न्यायालय बिगार्ने एक नम्बरका एजेण्ट । न्यायाधिश कर्मचारीलाई घुस खुवाउने, ग्राहकलाई चुस्ने यिनै दलाल वकिल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर