महाअभियोग पारित गराउन सबै दलहरुसँग कुरा भइरहेको छ : नेता साउँद – Nepal Press

महाअभियोग पारित गराउन सबै दलहरुसँग कुरा भइरहेको छ : नेता साउँद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउँदले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोग प्रस्ताव पारित गर्न सबै दलहरुसँग कुरा भइरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता साउँदले न्यायालयको मर्यादा र स्वच्छतालाई कायम राख्नपनि अहिले राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । उनले राष्ट्रिय सहमित जुटाएर नै प्रस्ताव पारित गर्नेगरी सबै दलहरुसाग कुरा भइरहेको बताए ।

उनले भने, ‘न्यायालयको मर्यादला र स्वच्छतालाई कायम राख्न पनि राष्ट्रिय सहमति जुटाउने प्रयास गरिरहेका छौँ । त्यसका लागि सबै दलसँग कुरा भइरहेको छ ।’

न्यायालयको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश जबरालाई भूमिका खेल्न आग्रह गरिएपनि सहजीकरण नभएपछि संवैधानिक बाटोबाट हटाउने प्रस्ताव भएको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर