प्रेस चौतारी रामेछापको नयाँ नेतृत्व चयन – Nepal Press

प्रेस चौतारी रामेछापको नयाँ नेतृत्व चयन

रामेछाप । प्रेस चौतारी नेपालको रामेछाप जिल्ला अधिवेशनबाट नवराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । शनिबार मन्थलीमा भएको अधिवेशनबाट निर्वाचित जिल्ला समितिको उपाध्यक्षमा विष्णु खड्का, सुमित्रा लामा र सचिवमा निरोजकुमार थापा छन् ।

त्यस्तै सहसचिव खुलामा शंकर वरुवाल र समावेशी सहसचिवमा दीपक लामा चयन भएका छन् भने कोषाध्यक्षमा सीता पुरी चयन भएकी छन् ।

सदस्यहरूमा सिर्जना रसाइली, सर्मिला विसुंखे, नविना दंगाल र नवराज विक छन् । अधिवेशनले पार्वती पाठक, शान्ता श्रेष्ठ र निरज सापकोटालाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ भने प्रकाश परिस्कार, प्रज्वल पौडेल, लेखबहादुर विक र विन्दिरा रसाइलीलाई प्रदेश प्रतिनिधि चयन गरेको छ ।

उद्घाटन समारोहमा एमाले रामेछाप जिल्ला इन्चार्ज कैलाश ढुंगेल, जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठलगायतका नेताहरूले सम्बोधन गरेका थिए । सोही अवसरमा वरिष्ठ पत्रकार तथा प्रेस चौतारीका केन्द्रीय सदस्य नवराज पथिकलाई सम्मानित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर