एक महिनापछि विद्यालय पुग्दा (तस्बिरहरू) – Nepal Press

एक महिनापछि विद्यालय पुग्दा (तस्बिरहरू)

काठमाडौं । कोरोनाको तेस्रो लहरका कारण बन्द गरिएका विद्यालय आजदेखि खुलेका छन् । संक्रमण दर बढेसँगै गत माघ १ देखि विद्यालय बन्द गरिएको थियो ।

सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार आजदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको हो । कोरोनाबाट बच्न मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य मापदण्ड पालना गर्दै पठनपाठन थालिएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई सबै विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । १२ वर्षमुनिकालाई भने आलोपालो गरेर पठनपाठनको व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।

महामारीको जोखिमका कारण अधिकांश विद्यालयहरूले अनलाइन कक्षा संचालन गरिरहेका थिए । एक महिनापछि विद्यालयमा भौतिक उपस्थितिमा भइरहेको पठनपाठनका केही तस्बिरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर