कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, भ्रातृ संस्थाबारे निर्णय लिने – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, भ्रातृ संस्थाबारे निर्णय लिने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बिहीबारदेखि सुरु भएको बैठकमा आज मुख्यतः म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय लिनेछ ।

नेविसंघ , तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ लगायतका कांग्रेस भ्रातृ संस्थाको नेतृत्व रिक्त छ भने म्यादसमेत सकिएको अवस्था छ ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले आजको बैठक भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिने बताए । जारी बैठकले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने निर्णय गरिसकेको छ ।

बैठकले स्थानीय निर्वाचन तयारीका लागि विभिन्न समितिहरु समेत गठन गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर