एक महिनापछि आजदेखि विद्यालय खुल्दै, भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने – Nepal Press

एक महिनापछि आजदेखि विद्यालय खुल्दै, भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने

काठमाडौं । कोरोनाको तेस्रो लहरका कारण एक महिनाअघि बन्द गरिएका देशभरका विद्यालय आजदेखि खुल्दैछन् । सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार आजदेखि विद्यालय सञ्चालनमा आउन लागेको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालयहरु बन्द गराइएको थियो । देशैभरिका शिक्षालयमा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन हुनेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई सबै विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *