अमेरिकाद्वारा युक्रेनस्थित दूतावास तत्काल खाली गराउन निर्देशन, रुसले पनि कर्मचारी फिर्ता बोलायो – Nepal Press

अमेरिकाद्वारा युक्रेनस्थित दूतावास तत्काल खाली गराउन निर्देशन, रुसले पनि कर्मचारी फिर्ता बोलायो

मस्को । रुससँग तनाव चुलिँदै जाँदा अमेरिकाले युक्रेनस्थित आफ्नो दूतावासका अत्यावश्यक बाहेकका कर्मचारीलाई तत्काल मुलुक छाड्न निर्देशन दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद हुनुअघि अमेरिकाले किभस्थित दूतावासलाई खाली गराउन लागेको हो । रुसले केही दिनभित्रै युक्रेनमाथि हमला गर्न सक्ने अमेरिकाले बताउँदै आएको छ ।

पुटिन र बाइडेनबीच नेपाली समयानुसार आज राती टेलिफोन संवाद हुने क्रेमलिनका प्रवक्ताले जनाएका छन् । जर्मनी, नेदरल्यान्ड र अष्ट्रेलियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न भनिसकेका छन् । तर, रुसले चाहिँ युक्रेनमा हमला गर्ने अमेरिकी दावीको खण्डन गर्दै आएको छ ।

रुसले युक्रेन सीमा नजिक युद्धभ्यास गरिरहेको छ । रुसले पनि युक्रेनबाट केही कूटनीतिज्ञ कर्मचारीलाई फिर्ता बोलाएको छ । खुफिया एजेन्सीका अनुसार रुसले किभलाई चारैतिरबाट घेरा हालेर आक्रमणको योजना बनाइरहेको जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर