पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला (तस्बिरहरु) – Nepal Press

पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला (तस्बिरहरु)

काठमाडौं । कोरोना संक्रमणदर तीव्र भएसँगै बन्द गरिएको आरध्यदेव पशुपतिनाथ सर्वसाधारण भक्तजनका लागि आजदेखि खुला गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले माघ ५ गते कोरोना जोखिम बढेकाले भीडभाड कम गर्न पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायतका मन्दिरहरुमा नित्य र नैमित्तिक पूजामात्र हुने गरी सर्वसाधारणका लागि बन्द गरेको थियो ।

कोरोना संक्रमणदर घटेको र जोखिम कम भएपछि आजदेखि सबै क्षेत्रमा नियमित दर्शनार्थीका लागि खुला गरिएको कोषले जानकारी दिएको छ ।

यसअघि २०७६ साल चैत दोस्रो सातादेखि कोरोना संक्रमण देखिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । त्यतिबेला ९ महिनापछि २०७७ पुस १ गतेदेखि मात्रै मन्दिर खुला गरिएको थियो ।

मन्दिर खुला गरिएपछि पशुपतिमा दर्शनार्थीको भीड देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर