भ्यालेन्टाइन सप्ताह- महँगा उपहारको पासोमा पवित्र प्रेम – Nepal Press

भ्यालेन्टाइन सप्ताह- महँगा उपहारको पासोमा पवित्र प्रेम

ग्लोबल भिलेज बनिसकेको अवस्थामा हामी कतिपय असम्बन्धित भएका तथा हाम्रो मौलिक संस्कृतिबाहिरका पर्वहरुसँग पनि कुनै न कुनै रुपमा जोडिन पुग्छौं । त्यसो त संस्कृति,पर्व वा दिवसहरु भौगोलिक सीमानाभित्र सीमित हुँदैनन् ।

यस्तै एउटा संस्कृति हो,भ्यालेन्टाइन डे । फेब्रुअरी १४, प्रेम दिवस । फेब्रुअरी ७ देखि १४ सम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । फेव्रअरी १४ मा विश्वभर मनाइने प्रेम दिवस नेपालमा पनि धुमधामको साथ मनाउन थालिएको छ तर राज्यको तहबाट होइन ।

विशेषगरी प्रेममा रहेका युवा युवतीले यो दिवसलाई सप्ताहाव्यापी रुपमा मनाउन थालेका छन् । त्यसैले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन-डे माया साटा-साट गर्ने दिनको रुपमा परिचित छ । कतिपयले यहि अवसरमा आफ्नो प्रेम व्यक्त गर्न पर्खिरहेका पनि हुन्छन् ।

यसको सुरुवात रोज-डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा प्रणय दिवस मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवम् रितले मनाउने गरिन्छ ।

भ्यालेन्टाइन डे मनाउदा एक अर्कालाई सप्ताहव्यापी रुपमा नै महंगो उपहार दिने चलन बनेको छ । यसले कतै विकृती त फैलिरहेको छैन ? प्रेमलाई उपहार र कस्मेटिक कुरामा विज्ञापन गर्नु आफैंमा विकृति हो । अहिले प्रेम सस्तिएको छ, तर प्रेममा दिने उपहार दिन प्रतिदिन महँगिदै गएको छ ।

यद्यपी नवरात्रमा कुन दिन कुन देवीको पूजा गर्ने भनेजस्तो भ्यालेन्टाइन डे का सातवटा दिनहरुको प्रसंग कहिँ कतै प्रामाणिक भने छैनन् ।

आफुलाई मन परेको प्रेमी वा प्रेमिकालाई वर्षौंदेखि प्रस्ताव गर्न नसकेको अवस्थामा युवाहरुले प्रेम दिवसका दिन प्रेम प्रस्ताव राख्ने गर्छन । त्यसैले पनि यस दिनप्रति युवायुवतीको विशेष आकर्षण भने बढेको छ ।

तर अहिले नेपालमा भ्यालेन्टाइन डे को नाममा कतै विकृति त फैलिरहेको छैन ? प्रेमिल जोडीहरुका लागि प्रेम को उत्सव मनाउन यो एउटा अवसर हो । तर प्रेम गर्न, माया देखाउन यो दिन नै कुरिरहनपर्छ भन्ने पनि छैन । अनि अहिलेको नराम्रो पक्ष भनेको भ्यालेन्टाइन डे मनाउँदा एक अर्कालाई सप्ताहव्यापी रुपमा नै महंगो उपहार दिने चलन बनेको छ । यसले कतै विकृती त फैलिरहेको छैन ? प्रेमलाई उपहार र कस्मेटिक कुरामा विज्ञापन गर्नु आफैंमा विकृति हो । अहिले प्रेम सस्तिएको छ, तर प्रेममा दिने उपहार दिन प्रतिदिन महँगिदै गएको छ ।

गुलावको फूल तथा अन्य विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम चाहिँ मिठो र दिगो हुने हैन र ? आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो ।

रोज डे मा मात्र भारतबाट आयात गरिएको करौडौंको गुलाव विक्री हुने गरेको तथ्यांक नै आइरहेका छन् । हुनेखानेले त महँगो उपहार दिन्छन् नहुनेले चाहिँ यो दिवस नै नमाउने हो त ? अनि यसले फजुल खर्च गर्ने क्षमता नहुने प्रेमीको अवस्था कस्तो हुन्छ ? आज किन प्रेम महंगो उपहारमा परिणत हुँदैछ ?

गुलावको फूल तथा अन्य विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम चाहिँ मिठो र दिगो हुने हैन र ? आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । प्रेममा धन, रुप, जात, धर्म, सीमाना कुनै पनि कुराले छेक्न हुन्न ।

तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ । एकअर्कामा प्रेम हुनु जरुरी छ । एक सच्चा प्रेमीले सदैव भलो चाहन्छ । प्रेम निश्वार्थी पनि हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न स्वार्थका साथ झूटो प्रेम ‘फेक लभ’ गर्नेहरूको संख्या बढ्दै गएको पाइन्छ । यसो हुनु राम्रो होइन ।

प्रेम भनेको दुई विपरीत लिंगी बीचमात्र हुँदैन यो त परिवार, साथीभाईसँग पनि हुन्छ । यसले मानिसलाई एउटा फरक उर्जा दिएको हुन्छ । जसले साथीसँग, परिवारसँग र समाजका हरेक मानिससँग सुमधुर सम्बन्धमा बाँधेको हुन्छ ।

वास्तवमा प्रेमको विभिन्न परिभाषा भएपनि यो यस्तो पवित्र चिज हो, जो कसैलाई जुनसुकै उमेरसँग पनि गर्न सकिन्छ । प्रेमको आचारंहिता भनेकै विश्वास र समर्पण हो । त्यसमा निस्वार्थ, आत्मियता हुनुपर्दछ, जसले प्रेम मिठासपूर्ण बनाउने छ । माया प्रदर्शन गरेर होइन मन र व्यवहारबाट व्यक्त गर्नुपर्छ तब मात्र प्रेमले सार्थकता पाउँछ ।

त्यसैले यो बर्षको फेब्रुअरी १४, अर्थात प्रेम दिवस (भ्यालेन्टाइन डे) प्रेमको एउटा यस्तो उत्सव बन्न सकोस जहाँ धनी गरीव, उचनीच, उमेरहद या अरु कुनै परिभाषा र अवरोध नदेखियोस् । देखियोस त मात्र प्रेमिल आत्मीयता र निस्वार्थ भावना । जसले प्रेमको महत्व र सार्थकतालाई सावित गर्न सकोस् । यो दिन जोडिएको मायाले हरेक दिन फेब्रुअरी १४, अर्थात प्रेम दिवस बनाउन सकोस ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *