आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै अनन्त तामाङ – Nepal Press

आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै अनन्त तामाङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् ।

बिहीबार अनन्तले आईएसएलको बाँकी सिजनका लागि सम्झौता गरेका हुन् । भारतको राष्ट्रिय टोली विश्वकप छनोटलगायत नियमित प्रतियोगितामा व्यस्त हुँदाको संकट टार्न क्लबले अनन्तको विकल्प रोजेको हो ।

जारी ए डिभिजन लिगमा थ्री स्टारका सेन्टर ब्याक अनन्तले इष्ट बंगालबाट आईएसएलको बाँकी चार खेल खेल्नेछन् । इष्ट बंगाल आईएसएल अंकतालिकामा १६ खेलबाट १० अंक जोडे लिगको १०औं स्थानमा छ ।

अनन्तले हाल थ्री स्टार क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका थिए । उनले राष्ट्रिय टोलीबाट ४३ खेल खेल्दै दुई गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर