चारदेशीय शृंखलाको पहिलो खेलमा आज नेपाल र ओमान भिड्दै – Nepal Press

चारदेशीय शृंखलाको पहिलो खेलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं । ट्वान्टी-२० विश्वकप क्रिकेछ ग्लोवल क्वालिफायरका लागि ओमान पुगेको नेपाली टोलीले आजदेखि चार देश सम्मिलित ट्वान्टी-२० अन्र्तर्राष्ट्रिय शृंखला खेल्दैछ । शृंखलाको पहिलो खेलमा ओमान र नेपालबीभ आज प्रतिस्पर्धा हुँदैछ ।

आज नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि नेपाल र ओमानको खेल सुरु हुनेछ । नेपाल र ओमानसँगै युएई र आयरल्याण्ड सम्मिलित शृंखलालाई नेपालले आफ्नो कमजोरी पहिल्याउने र सुधार गर्ने अवसरका रुपमा लिने प्रशिक्षक पुवुदु दाशानायकेले बताइसकेका छन् ।

ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादब, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन् । यस शृंखला पछि १४ सदस्यीय टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ ।

यो शृंखलामा सहभागी सबै टोली ग्लोवल क्वालिफायरकै लागि ओमान पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर