संघका मुद्दालाई ओझेलमा पार्ने व्यक्तिबाट सचेत रहन सरकारी ज्यालादारी कर्मचारी संघको आग्रह – Nepal Press

संघका मुद्दालाई ओझेलमा पार्ने व्यक्तिबाट सचेत रहन सरकारी ज्यालादारी कर्मचारी संघको आग्रह

काठमाडौं । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले संघका मुद्दालाई ओझेल पार्ने व्यक्तिबाट सचेत रहन आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

संघले विज्ञप्ती जारी गर्दै कुनै पनि सदस्य यस प्रकारका गतिविधिमा संलग्न भएको पाइए विधान बमोजिम कारवाही गरिने पनि चेतावनी दिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘केहि समयदेखि संघका मागलाई ओझेलमा पार्न र आन्दोलनलाई कमजोर बनाउन केही व्यक्तीहरुले संघ, प्रदेश, स्थानिय तह कार्यसमितीका पदाधिकारी, सदस्य ज्यू र देशैभर रहनु भएका अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारी सदस्यमा अनेक प्रलोभन देखाउने, दवाव र धम्की दिने जस्ता कार्यहरु गराउँदै हिँडेको सुचना संघलाई प्राप्त भएको छ ।’

अध्यक्ष विमला आचार्यद्वारा जारी विज्ञप्तीमा अगाडि भनिएको छ, ‘त्यस्ता व्यक्तिबाट सचेत र सजक रहेर यो प्रकारको कामलाई निरुत्साहित गर्न र वैचारिक प्रतिकार गर्न गराउनु हुन सबै संघ, प्रदेश, जिल्ला र विभागिय र स्थानिय तह र इकाइ कार्यसमितीका पदाधिकारी तथा सदस्य ज्यू लगायत देशैभर रहनु हुने सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत तथा राज्यकोषबाट तलब खाने सम्पूर्ण अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारी ज्यूलाई अनुरोध गरिन्छ ।’

संघ कर्मचारीका हक अधिकारका विषयमा माग मुद्धा सम्बन्धित निकायमा पेश गर्ने, दवाव सिर्जना गर्ने, रोजगारको ग्यारेन्टी गर्ने, सेवा सुविधा उपलब्ध गराउनु पर्ने, निष्कर्षमा पुयाउने र प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै थप उपलब्धीको निम्ति निरन्तर संघर्षशील रहेको पनि संघले विज्ञप्तीमार्फत नै स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर