बैतडी र दार्चुला जोडिएका नेपाल-भारत सीमा नाका चार दिन बन्द – Nepal Press

बैतडी र दार्चुला जोडिएका नेपाल-भारत सीमा नाका चार दिन बन्द

 

कैलाली । सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुलासित जोडिएका नेपाल-भारत सीमा नाका चार दिन सम्म बन्द हुने भएको छ ।

भारतले उत्तराखण्ड राज्यमा हुने विधान सभा निर्वाचनका लागि सीमा नाका बन्द हुन भएका हुन् । बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ पाँच बजेदेखि फागुन २ गतेसम्म बन्द गर्न लागेको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा र दार्चुलामा भारतीय प्रशासनले यस विषयमा पत्राचार समेत गरिसकेको छ । निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिन लागिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर