खोप म्यान्डेटविरुद्ध न्यूजिल्यान्डमा पनि प्रदर्शन : संसद भवनमा अवरोध – Nepal Press

खोप म्यान्डेटविरुद्ध न्यूजिल्यान्डमा पनि प्रदर्शन : संसद भवनमा अवरोध

वेलिङ्टन । कोभिड-१९ खोप कार्डविरुद्ध क्यानडामा प्रदर्शन चर्किएसँगै न्यूजिल्यान्डमा पनि ट्रक चालकले सरकारविरुद्ध प्रदर्शन थालेका छन् । उनीहरुले संसद भवनतर्फ जाने सडकमा ट्रक तेर्साएर प्रदर्शन गरे ।

‘हामीलाई हाम्रो स्वतन्त्रता फिर्ता गर । जबर्जस्ती सहमति होइन’जस्ता सन्देशसहितका नारा बोकेर संसद भवन वरपरका सडकमा सवारी साधन पार्किङ गरिएको थियो ।

प्रदर्शन शान्तिपूर्ण भएकाले कुनै पनि गिरफ्तार वा घटना नभएको संचारमाध्यमले जनाएका छन् । तर, प्रदर्शनकारीले कहिलेसम्म सडकमा गाडी पार्किङ गर्नेछन् भन्ने टुंगो छैन ।

प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले यसवर्ष सरकारका प्राथमिकताका सूचीहरु सार्वजनिक गरिरहँदा प्रदर्शनकारीलाई चाहिँ भेट गरिनन् किनभने अधिकांश नागरिकले खोप लगाइसकेका छन् र खोपप्रति उनीहरुलाई विश्वास छ ।

 

‘९६ प्रतिशत न्यूजिल्यान्डका नागरिकले खोप लगाइसकेका छन् जसले गर्दा हामीलाई बाँकी समय कोभिडसँगै जिउने साहस मिलेको छ’ प्रधानमन्त्री आर्डेनले न्यूजिल्यान्ड रेडियोसँगको एक अन्तर्वार्तामा भनिन् ।

त्यहाँको सरकारले स्वास्थ्य क्षेत्र, कानूनी व्यवसाय, शिक्षा र रक्षा क्षेत्रमा कार्य गर्ने नागरिकलाई खोप अनिवार्य गरेको छ । ७७ प्रतिशत जनसंख्याले खोप लगाएपछि आर्डेनले लकडाउन पुनः लागू नगर्ने घोषणा गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर