एमाले आठबीस नगर नेतृत्व घोषणा भएन, अध्यक्ष र नगरप्रमुख जिम्मेवार रहेको टिप्पणी – Nepal Press

एमाले आठबीस नगर नेतृत्व घोषणा भएन, अध्यक्ष र नगरप्रमुख जिम्मेवार रहेको टिप्पणी

सुर्खेत । नेकपा एमाले दैलेख आठबीस नगरको नेतृत्व टुंगो लागे पनि अधिवेशनको तीन महिना बित्दासम्म घोषणा भएको छैन ।

अध्यक्ष मण्डलले पदाधिकारीको टुंगो लगाए पनि नगर अध्यक्ष ओमजंग शाही र नगरप्रमुख खड्गराज उपाध्यायको मिलेमतोमा कमिटी सार्वजनिक नगरिएको भन्दै कार्यकर्ता आक्रोशित भएका छन् । अध्यक्ष मण्डलमा योगेन्द्रबहादुर शाही, ओमजंग शाही, तेजबहादुर महतारा, तर्क बहादुर बडुवाल र खड्गराज उपाध्याय थिए ।

गत कात्तिक १५ मा राकम कर्णालीमा नगर अधिवेशन उद्घाटन भएको थियो । ९ वटा वडा रहेको आठबीसमा सबै वडाबाट नगर कमिटी सदस्य समेत चयन भइसकेको थियो ।

‘अध्यक्ष मण्डलले पाँचजना पदाधिकारीको नाम टुंगो लगाइसकेको थियो । तर अहिलेसम्म माइन्यूट हस्तान्तरण र पदाधिकारी घोषणा गरिएको छैन’, पदाधिकारीमा दाबी गरेका एक कार्यकर्ताले भने ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै कम्तीमा नगर कमिटी घोषणामा ढिलो गर्न नहुने हिक्मत बस्नेतले बताए ।

अध्यक्ष ओमजंग शाहीले दुई-चार दिनमा नै समिति घोषणा हुने बताए । ‘म भोलि राकमकर्णाली जाँदैछु । त्यहाँ सल्लाह गरेर हामी दुई-चार दिनमा घोषणा गर्छौं । विविध कारणले ढिलो भएको हो । अन्यथा होइन’, शाहीले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर