कोभ्याक्सबाट सोमबारभित्र थप १३ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आउँदै – Nepal Press

कोभ्याक्सबाट सोमबारभित्र थप १३ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आउँदै

काठमाडौँ । कोभ्याक्स संयन्त्रबाट नेपालले आगामी सोमबार थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप अस्ट्राजेनेका प्राप्त गर्ने भएको छ ।

बेलायतले कोभ्याक्स सुविधाबाट पठाउन लागेको २१ लाख ७४ हजार १६० डोज खोपमध्ये आउन बाँकी १३ लाख १२ हजार ८० डोज खोप (सोमबार) पठाउन लागेको हो । यसअघि कोभ्याक्समार्फत ८ लाख ६२ हजार ८० डोज खोप आइसकेको छ ।

स्वास्थ्य सेवा विभागले कोभ्याक्समार्फत पठाउने प्रतिवद्धता अनुरुपको २१ लाख ७४ हजार ८० डोज खोप सोमबारसम्म आइपुग्ने जनाएको छ । विभागले चीनबाट सिनोभ्याक खोप आउन लागेको जानकारी दिए । तर, सिनोभ्याक कहिले आउँछ टुंगो छैन ।

चैत मसान्तभित्र सबै नागरिकलाई पूर्ण खोप दिने सरकारको योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर