ग्रिल कारखानाका कामदारबीच रक्सी खाएर झगडा


काठमाडौं । राजधानीको सानो भर्याङमा सन्चालित एक ग्रिल कारखानामा काम गर्ने कामदारबीच मदिरा सेवनपछि भएको झगडामा चक्कु र बन्चरो प्रहार भएको छ।
नुवाकोटको विदुरका २२ वर्षीय विकाश आचार्यले सुर्खेतको विरेन्द्रनगर स्थायी घर भएका ४८ वर्षीय मिलन खत्रीलाई बुधबार राती चक्कु र बन्चरोले प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खत्रीको गर्धन र टाउकोमा गहिरो चोट लागेको छ।
मनमोहन मेमोरियल अस्पताल पुर्याइएका खत्रीको त्यहाँ उपचार हुन नसकेपछि ट्रमा सेन्टर ल्याइएको थियो। उनको स्वास्थ्य अवस्था गम्भिर रहेको छ।
आफुलाई अपशब्द प्रयोग गर्दै गाली गरेपछि खत्रीमाथी जाई लागेको आचार्यले सोधपुछका क्रममा बताएका छन्। उनीमाथी ज्यान मार्ने उधोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।