श्रीलंका जाने लनटेनिस टोलीको बिदाई – Nepal Press

श्रीलंका जाने लनटेनिस टोलीको बिदाई

काठमाडौं । आईटीएफ वल्र्ड जुनियर टेनिस प्रतियोगिता (एसिया ओसिएना प्रिक्वालिफाइङ) मा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्दै छन् ।

फेब्रुअरी १४-१९ सम्म हुने प्रतियोगिताको पुरुषमा राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले प्रतिस्पर्धा गर्ने छन् ।

कोलम्बोमै फेब्रुअरी २१ देखि २६ तारिखसम्म हुने जुनियर डेभिस कपमा पुरुषमा अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायश्थले खेल्ने छन् । जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशा डोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा रामेश्वर थापा छन् ।

टोलीलाई नेपाल टेनिस संघका सदस्यद्वय अजय विष्ट र निरेश श्रेष्ठले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाई गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर